२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सेनेटरी प्याडमा कर छुटको नाम लिएर महिलालाई प्रयोग मात्र गरियो : कुन्ती पोख्रेल

सेनेटरी प्याडमा कर छुटको नाम लिएर महिलालाई प्रयोग मात्र गरियो : कुन्ती पोख्रेल

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले सेनेटरी प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई प्रयोग गरिएको जिकिर गरेकी छन् । बिहीबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कागेश्वरी मनोहरा नगरपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले प्याडमा कर छुट गराउने नाममा महिलाहरूलाई आन्दोलनमा उतारिएको तर त्यसको फाइदा महिलाहरूलाई नभएर व्यवसायीलाई मात्रै भएको बताएकी हुन् ।

उनले भनिन् ‘प्याडमा कर छुट भनियो, हाम्रा महिला दिदीबहिनीहरु माइतीघरमा गएर आन्दोलन गरे । कर छुट भयो तर मूल्य कम भएन ।’ उनले नेपालमै उत्पादन गर्न सके नेपालीले रोजगारी पाउने अवस्था आउने बताइन् ।

कार्यक्रममा बोल्दै नेतृ पोखरेलले प्याड उद्योगका काम गर्ने मध्यका ६० प्रतिशत महिला हाल बेरोजगार हुनुपरेको बताउँदै भनिन् ‘कर छुटले त उल्टो घाटा भयो, पाइरहेको रोजगारी र चलिरहेको व्यवसाय बन्द भयो । विदेशबाट ल्याएको प्याड नेपालीलाई बिक्री गर्ने त्यो पनि डबल मूल्यमा ?

उनले अब आउने चुनावमा त्यस्तो प्रवृत्ति देखाउने नेतृत्वलाई पराजित गराउनुपर्ने बताएकी छन् । नेतृ पोखरेलले प्रत्येक नगरपालिकामा सेनेटरी प्याडको फ्याक्ट्री खोल्न सकिने र महिलाहरूलाई रोजगार बनाउन सकिने समेत जिकिर गरेकी छन् ।

बिहीबार भएको पार्टी उक्त अधिवेशनबाट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कागेश्वरी मनोहराको अध्यक्षमा भवानी पुडासैनी सर्वसम्मत चयन भएकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com