२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

झलनाथ खनाल इलाम-१ बाट सिफारिस

झलनाथ खनाल इलाम-१ बाट सिफारिस

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को क र खुका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ क र ख का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com