२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बागमती सरकारले मासिक भत्ता दिने

नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण विजेतालाई बागमती सरकारले मासिक भत्ता दिने

काठमाडौँ । बागमती प्रदेशले गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई यस वर्षबाट मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले राष्ट्रिय खेलकुदमा स्वर्ण हात पार्ने खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता प्रदान गरिने जानकारी गराए ।

असोज २८ देखि कात्तिक ३ सम्म हुने राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने तथा ७ सय ९ खेलाडीको सहभागिता रहने समेत उनले जनाए ।

बागमती प्रदेशले भदौ २० मा खेलाडी छनोट सक्ने तथा छनोट भएका खेलाडीहरुलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

मन्त्री ढकालका अनुसार राष्ट्रिय खेलकुदमा सभागिताका लागि अनुमानित ९ करोड ४४ लाख ८ सय रुपैयाँ खर्च हुने छ । त्यसका लागि प्रदेश सरकारका तर्फबाट ५ करोड विनियोजन भैसकेको, राष्ट्रिय खेलकुद परिषद्बाट रु ४९ लाख निकासा भएको तथा बाँकी रकम प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग गर्ने निर्णय भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com