२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिए : मीन विश्वकर्मा

मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिए : मीन विश्वकर्मा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् ।

कामनपाका मेयर शाहले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।

नेता विश्वकर्माले भने, ‘हामी आज बजारमा के-के देख्दै छौ त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त । गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ? हाम्रो सिस्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौं रु हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिईरहेका छौं । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरे । उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउनेतर्फ समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com