२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्‍नु हुँदैन : म्याक्रोँ

युक्रेनमा आणविक शक्ति युद्धको अस्त्र बन्‍नु हुँदैन : म्याक्रोँ

अल्जायर्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नु हुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छु अल्जेरिया भ्रमणका क्रममा म्याक्रोंले भने ।

यसैबीच राष्ट्रपति म्याक्रोंले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताएका छन् ।

सम्झौतालाई पुनः जीवित गर्न सफल हुने सम्भावनाबारे सोधिएको प्रश्नमा म्याक्रोले भने, अब बल इरानको हातमा छ गोल गर्ने नगर्ने उसमा निर्भर गर्नेछ । (एएफपी)

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com