२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

भारतलाई साफ महिला च्याम्पियनसीपमा सहभागी हुने बाटो खुल्यो

भारतलाई साफ महिला च्याम्पियनसीपमा सहभागी हुने बाटो खुल्यो

काठमाडौँ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेसँगै भारतका लागि नेपालमा हुने साफ महिला च्याम्पियनसीपमा सहभागिता जनाउने बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म काठमाडौँमा साफ महिला च्याम्पियनसीपको छैटौं संस्करणको आयोजना गर्दैछ ।

फिफाले अगस्ट १४ मा एआईएफएफमाथि प्रतिबन्धको घोषणा गरेपछि लगातार पाँच पटकको च्याम्पियन भारतले साफ च्याम्पिनयसीपमा सहभागिता नजाउने निश्चित जस्तै बनेको थियो । तर प्रतिबन्ध हटेसँगै भारतले च्याम्पियनसीपमा सहभागिता जनाउने बाटो खुलेको हो ।

भारतले अब श्रीलंकामा सेप्टेम्बर ५ देखि ११ सम्म आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसीपमा सहभागिता जनाउन पाउने भएको छ ।

यसका साथै भारतले अक्टोबर ११ देखि ३० सम्म फिफा यू-१७ महिला विश्वकप समेत आयोजना गर्न पाउने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com