२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधवार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् ।

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले गठबन्धनलाई दुष्टको संज्ञा दिँदै पराजित गर्नुपर्ने भएकाले नेता कार्यकर्तालाई चित्त नदुखाई अनुशासित भएर अघि बढ्न निर्देशन दिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले उहिलेदेखि सांसद भएर र ५ वर्ष प्रधानमन्त्री भएर के गर्नुभयो रु भन्दै प्रश्न गरे । पहिलो पल्ट पल्लो जिल्लामा घरसर किनेर सिँगार पटार गरेको र यसपल्ट व्युटिपार्लर नै खोल्ने हो कि भन्दै देउवालाई व्याङ्ग्य समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com