२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

साफ च्याम्पियनसीप : उपाधिको खडेरी तोड्ने दाऊमा नेपाल

साफ च्याम्पियनसीप : उपाधिको खडेरी तोड्ने दाऊमा नेपाल

काठमाडौं । नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसीपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ ।

प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् ।

दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला साफ च्याम्पियनसीप नेपालमा आयोजना हुँदैछ । त्यसका लागि भुटान र पाकिस्तानी टोली नेपाल आईपुगेका छन् भने केही टोली आउने तालिका नजिकिँदै छ । नेपाली टोली भने घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा उपाधि उचाल्ने रणनीतिका साथ तयारीलाई तीव्रता दिइरहेको छ ।

प्रतियोगिता शुरु हुन अब एक हप्ता मात्र बाँकी छ । साफ प्रतियोगिताका लागि अन्तिम टोलीको नाम पनि सार्वजनिक भइसकेको छ । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना चोटका कारण बाहिरिन पुगेका छन् भने रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । नेपाली टोलीलाई नियमित प्रशिक्षण गराइरहेका प्रशिक्षक कुमार थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताएका छन् ।

सात साताको प्रशिक्षणका क्रममा विविध बाधाहरु भएपनि टोलीलाई मजबुत बनाउने प्रयास गरेको उनले बताए । प्रशिक्षक थापाले कम भन्दा कम गल्तीहरु गर्नेमा आपूm केन्द्रित भएको र गोल गर्ने रणनीतिका साथ टोलीलाई मैदान उतार्ने दाबी गरे । पहिलो प्राथमिकता भुटानसँग भएको बाँकी खेलका लागि तत्काल रणनीति तयार गरेर टोली अगाडि बढ्ने प्रशिक्षक थापाले सुनाए ।

साफले सार्वजनिक गरिसकेको समूह अन्तर्गत साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान समूह ए मा रहेका छन् भने आयोजक नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका र भुटान अटाएका छन् । यस संस्करण पाकिस्तान पनि समावेश भएको छ । अघिल्लो संस्करणमा प्रतिबन्धका कारण सहभागी हुन नपाएको पाकिस्तानी टोलीले मजबुत प्रदर्शन गर्ने धेरैले अपेक्षा राखेका छन् । टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी राम्रो भइरहेको र उपाधि जित्नेमा विश्वस्त भएको नेपाली टोलीका सदस्य सावित्रा भण्डारीले बताइन् ।

महिला साफको १२ वर्षे इतिहासमा नेपाल पटकपटक फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चारपटक उपविजेता बनेको छ । पाँचै पटक भारतले उपाधि जितेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेको थिएन । नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पाँचौं संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com