२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

कांग्रेसबाट पाल्पामा को-को भए उम्मेदवार सिफारिस ?

कांग्रेसबाट पाल्पामा को-को भए उम्मेदवार सिफारिस ?

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस पाल्पाले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । पार्टीले पाल्पाको क्षेत्र नंं १ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ज्ञानबहादुर गाँहा, दानबहादुर पछाई, कल्प पौडेल र सन्दीप रानालाई सिफारिस गरेको छ भने प्रतिनिधि सभा क्षेत्र नंं २ मा वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा। चिरञ्जीवी नेपाल लाई सिफारिस गरेको छ ।

यसै गरी प्रतिनिधि सभा समानुपातिकमा क्षेत्र नंं १ मा सन्दीप राना, विष्णुमाया ढकाल, विजयराज घिमिरेलाई सिफारिस भएका छन् भने क्षेत्र नंं २ मा समानुपातिकतर्फ सिफारिस हुनेमा राजनप्रसाद पन्त, विधान श्रेष्ठ, लालकुमारी राना, महेश्वरी कुँवर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।

प्रदेश सभातर्फ पाल्पा क्षेत्र नंं १ क प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिकतर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थापा र विष्णु देवी घिमिरे आचार्य लाई सिफारिस भएका छन् भने क्षेत्र नं.१ (ख) बाट प्रत्यक्ष तर्फ ऋषिराम अर्याल र शंकर खनाललाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ तारा रसाइली, युवराज पौडेल र भरत सराइलीलाई सिफारिस गरेको नेपाली कांग्रेसका सचिव सन्तोष कुमार थापाले जानकारी दिए ।

पाल्पा क्षेत्र नंं २ क प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ कृष्ण प्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहरा र कृष्ण बहादुर आले सिफारिसमा परेका छन् । क्षेत्र नंं २ ख बाट प्रत्यक्ष तर्फ रामबहादुर कार्की (पूर्व डिआइजी) राम बहादुर कार्की (पूर्व पालिका अध्यक्ष) महेन्द्र प्रसाद पाण्डेलाई सिफारिस गरिएको छ ।

यसै गरी प्रदेश सभा समानुपातिक तर्फ क्षेत्र नंं २ क बाट १४ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जसमा अजयमान कर्माचार्य, कृष्ण बहादुर राना, गंगा पौडेल कोइराला, झपेन्द्र प्रसाद गैरे, धनकला गाँहा, बसन्ती घिमिरे, विष्णु बहादुर गाँहा, मिना पन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्र गोपाल सिंह, राधेश्याम ज्ञवाली, शान्ति झेडी थापा र सुनिल बुढाथोकी लाई सिफारिस गरेको प्रदेश २ क का कोषाध्यक्ष विष्णु बहादुर गाँहाले जानकारी दिए । यसै गरी क्षेत्र नंं २ ख प्रदेश सभा समानुपातिक तर्फ नल बहादुर राना, दान बहादुर गाँहा, तेज कुमारी थापा, विनु दमाई गौतम, शुरेस पौडेल, माधव वहादुर थापा र खड्ग बहादुर थापा लाई सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारहरूको नामावली सिफारिस गरे पनि ५ दलीय गठबन्धनमा कुन क्षेत्र कुन पाटी लाई भन्ने अझै टुङ्गो लागेको छैन । पाल्पामा ५ दलीय गठबन्धन भए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँट गर्ने देखिएको छ । नेकपा समाजवादीले प्रतिनिधिसभाको पाल्पा क्षेत्र नंं २ मा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले पुरानै क्षेत्र नंं २ ख प्रदेश सभा सदस्य दाबी गर्दै आएको छ ।

प्रदेश सभाबाट सिफारिस भएका उम्मेदवारको नामावली क्षेत्रीय समिति पठाउने, क्षेत्रले जिल्लामा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारहरूको अन्तिम नामावलीको टुङ्गो लगाउने सचिव सन्तोष कुमार थापाले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com