२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

जसपा नेता कार्यकर्तालाई स्वागत गर्दै झलनाथले भने- पदलोलुपता नदेखाउनुस्

जसपा नेता कार्यकर्तालाई स्वागत गर्दै झलनाथले भने- पदलोलुपता नदेखाउनुस्

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नवप्रवेशीहरुलाई पदलोलुपता नदेखाउन आग्रह गरेका छन्। राजधानीको मीनभवनस्थित पार्टी कार्यालयमा जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेललाई पार्टीमा स्वागत गर्दै खनालले यस्तो आग्रह गरेका हुन्।

‘पार्टीमा योग्यता र क्षमता अनुसार सबैलाई जिम्मेवारी दिइनेछ। तर यो पद हुनैपर्छ भनेर पदलोलुपता नदेखाउनुहोला,’ खनालले भने।

विगतमा एमाले रहेका रम्तेल जसपा हुँदै एकीकृत समाजवादी प्रवेश गरेका हुन्। एमालेको अवसरवादविरुद्ध विद्रोह गरेर एकीकृत समाजवादी गठन भएको भन्दै उनले पार्टी लक्ष्य समाजवादी लोकतन्त्र रहेको बताए। समाजवादी लोकतन्त्रका निम्ति संघर्षका निम्ति पार्टी प्रवेश गर्ने निर्णय गौरवपूर्ण रहेको खनालले बताए।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com