२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

क्यानडामा छुरा प्रहार : एक मृत फेला

क्यानडामा छुरा प्रहार : एक मृत फेला

ओटाबा । क्यानडा प्रहरीले सास्काचेवानमा आइतबार सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको जनाएको छ । संदिग्ध दाजुभाइमध्ये ३१ वर्षीय डेमियन स्यान्डरसनको शव जेम्स स्मिथ क्री नेसनमा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार सास्काचेवानका विभिन्न स्थानमा चक्कु प्रहार हुँदा अन्य १८ जना घाइते भएका थिए । आक्रमणसँग जोडिएका घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । जथाभावी छुरा प्रहारपछि स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको थियो

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् । एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com