२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कोका–कोलाको दसैंँ विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

कोका–कोलाको दसैंँ विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

जनसेवा न्युज डटकम संवाददाता

नेपालको सबैभन्दालोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि ‘सम्बन्धउत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । कम्पनीले दसैं र तिहारलाई मध्यनजर गर्दै ‘सम्बन्धउत्सव स्वादसँग’ क्याम्पेन ल्याइएको जनाएको छ ।

कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्धउत्सव स्वादसँग’लाई लिएर म एकदमै उत्साहित छु किनकीयसले ठ्याक्कै दसैंँको मुख्यआकर्षणलाई प्रतिविम्बित गरेको छ ।’

दसैंँ विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका–कोलाको लागिपनि छ । हामी हरेकवर्षको दसैंँमाहाम्राउपभोक्ताहरुको लागि केहीनयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ ।’

कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका–कोलाबोतलको लेबलमाभएको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com