२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अष्ट्रेलियाको तटमा कसरी फसे समुद्री ह्वेल !

अष्ट्रेलियाको तटमा कसरी फसे समुद्री ह्वेल !

सिड्नी । बुधबार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह फेला पर्‍यो। अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा मात्र जीवितै देखिन्छन् । बालुवाको समतल छेउमा रहेको समुन्द्री किनारमा ह्वेलहरू के कारणले पसे भन्ने कुनै जानकारी छैन ।

किङ आइल्याण्डको समुद्र तटमा १४ वटा ह्वेल फेला परेको एक दिनपछि ठूलो समूहमा ह्वेल फेला परेको हो । हवाई तस्बिरमा लामो समुद्र तटमा दर्जनौं ह्वेल छटपटिएका देखिन्छन् ।

स्थानीयहरूले बाँचेकाहरूलाई कम्बलले छोपेका थिए र उनीहरूलाई जीवित राख्नको लागि बाल्टिनबाट पानी ल्याएर भिजाएका थिए । नजिकका अन्य केही ह्वेल भने मरेका थिए । कालो चमकदार स्तनपायीहरू म्याक्वेरी हार्बर नजिकै फसेका राज्यको प्राकृतिक संसाधन तथा वातावरण विभागले जनाएको छ ।

समुद्री संरक्षण विशेषज्ञहरू र ह्वेल उद्धार गियरसहितका कर्मचारीहरू घटनास्थलतर्फ जाँदै गरेका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com