२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा एक फुटबल खेलमा भागदौडका क्रममा १२७ जनाको मृत्यु भएको छ भने १८० जना घाइते भएको इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।​

इन्डोनेसियाली प्रिमियर लिगको खेल समाप्त भएपछि दुई प्रतिद्वन्द्वी फुटबल टोलीका समर्थकहरू बीच धेरै विवाद भएको थियो । जसमा पर्सेबाया सुराबायाले अरेमा मलंगलाई ३२ ले हराएको थियो ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए । जसका कारण भीडमा भागदौड मच्चिएको थियो ।

अश्रु ग्यासबाट बच्न सयौं मानिस बाहिर निस्किएर गेटमा दौडिए । कोही अराजकतामा निसासिए र अरूलाई कुल्चिए, जसबाट धेरै मानिसहरूको तत्कालै मृत्यु भएको समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएको छ ।

३ सयभन्दा बढी घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको थियो तर धेरैको बाटोमा र धेरैको उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com