२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू

स्वास्थ्य मन्त्रालयले भन्योः निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढ्यो सतर्क रहनू

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आव्हान गरेको छ ।

मन्त्रालयले झाडापखाला र हैजाबाट सुरक्षित रहन सधैँ पानी उमालेर खान र क्लोरिनको झोल हालेर पिउनलाई सर्वसाधारणलाई आग्रह गरेको छ । व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्नेछ । बासी सढेगलेका खानेकुरा खान हुँदैन । खानालाई छोपेर राख्‍नुपर्छ । काँचै खान मिल्ने फलफूल र तरकारीको सरसफाइलाई विशेष ध्यान पुर्‍याउनुपर्छ ।

मन्त्रालयका अनुसार खुला रुपमा दिसापिसाब गर्नु हुँदैन । चर्पीको अनिवार्य प्रयोग गरौ र दिसापिसाब गरिसकेपछि मिचि-मिचि हात धुनुपर्छ ।

त्यस्तै, डेंगीबाट सुरक्षित रहनका लागि आफ्नो घर वरपर तथा कार्यस्थल सफा राख्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिऔ ।

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउनुपर्छ । जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्नुपर्छ । पूरा शरीर ढाक्ने लुगा लगाऔँ र सचेत रहौँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com