२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, गगनलाई समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले लिए उम्मेदवारी फिर्ता, गगनलाई समर्थन

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौं ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी बिहिन भएको हो ।

कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए । ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ,’ श्रेष्ठले भने ।
यसका साथै उम्मेदवारको तयारी नपुगेले पनि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठको भनाइ छ । अर्को पटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार भन्ने बताए ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरीले पनि थापालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com