२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

निर्वाचनका कारण शाहको पेसी स्थगित

निर्वाचनका कारण शाहको पेसी स्थगित

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।

निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारी तर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com