सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता
सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता
जनसेवा न्युज डटकम संवाददाता
सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन ।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।
मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनको प्रतिष्पर्धा हुने देखिन्छ ।