एपीएफका सलिमलाई राष्ट्रिय कीर्तिमानसहित लङजम्पमा स्वर्ण
एपीएफका सलिमलाई राष्ट्रिय कीर्तिमानसहित लङजम्पमा स्वर्ण
जनसेवा न्युज डटकम संवाददाता
विभागीय टोली नेपाल एपीएफ क्लबका सलिम देवानले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे ।
गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए । आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जिते ।