२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग

‘फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग

झापा । एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि(भिसा र फ्रि(टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए ।

बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com