२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

लागु औषधसहित आँबुखैरेनीबाट २ युवक पक्राउ

लागु औषधसहित आँबुखैरेनीबाट २ युवक पक्राउ

जनसेवा न्युज डटकम संवाददाता

तनहुँको आँबुखैरेनीबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी–३ घर भएका २८ वर्षका सिजनप्रसाद अधिकारी र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २२ वर्षीय नरबहादुर थापा छन् ।

मुग्लिङबाट आँबुखैरेनी तर्फ पैदल आएका सिजनको साथबाट प्रहरीले नुफ्रिन १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १९ एम्पुल बरामद गरेको छ । त्यस्तै सुनौलीबाट पोखरा आउँदै गरेको ग २ ख ९९५ नम्बरको बसमा सवार नरबहादुरको साथबाट नुफ्रिन ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र डाइजेपाम ६९ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आरोपीहरुमाथि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com