२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

भैरहवा । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ति बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए ।

पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेका खाणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भने, ुदेशको शान्ति, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुपर्‍यो, यी सबैको प्राप्ति नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।ु

नेपालमा शान्ति, राजनैतिक स्थायित्वका लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बीचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । ुजुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको नीति निर्माण गर्दछ,ु उनले भने, ुयस क्षेत्रको विकासका लागि जिल्लाको विकासका लागि पाँच दलीय गठबन्धनलाई सहयोग पुर्‍याउन अपिल गर्दछु ।ु सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमीकमजोरी नगर्ने बताए ।

यस्तै पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताए । उनले भने, ुपाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।ु उनले आउँदो सन्ततिको भविष्य निर्माणका लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भने, ुविभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितका लागि पाँच दलीय गठबन्धनका आबद्ध भएका छौँ ।ु

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com