२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् ।

सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्पष्टीकरण् दिए ।

‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहनेछ’ उनले भने ।

अहिलेको निर्वाचन प्रणालीबाट चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको प्रधानमन्त्री देउवाले बताए ।

उनले यो गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रियताविरुद्ध जान नसक्ने अवस्था आएको जिकिरसमेत गरे ।

‘गठबन्धनका कारणले भोलिका दिनमा कसैले पनि प्रजातन्त्रविरोधी कार्य गर्ने, नेपालमा प्रजातन्त्रको खिलाफमा कोही जानसक्ने छैनन् । राष्ट्रको खिलाफमा कोही जान सक्ने छैनन् । राष्ट्रिय एकताको खिलाफमा कोही जान सक्ने छैनन् । समावेशिताको खिलाफमा कोही जान सक्ने छैनन्’ देउवाले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com