२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

रोल्पामा जिप दुर्घटना स् तीनको मृत्यु, ९ जना घाइते

रोल्पामा जिप दुर्घटना स् तीनको मृत्यु, ९ जना घाइते

बुटवल । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र नजिकै जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।
रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । गाडीमा कति जान सवार थिए भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

लु १ ज ३२४३ नम्वरको जिप पल्टिदा ९ जना घाइते भएका छन । सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङ चालक तथा गाडि धनी जितबहादुर विष्ट सामान्य रहेका छन् । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com