२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पाकिस्तानविरुद्ध धमाकेदार प्रदर्शन गरेका कोहलीको वरियतामा छलाङ

पाकिस्तानविरुद्ध धमाकेदार प्रदर्शन गरेका कोहलीको वरियतामा छलाङ

एजेन्सी । टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच-विनिङ इनिङ खेलेका विराट कोहली आइसीसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् ।

बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष १० मा परेका छन् र नवौँ स्थानमा आइपुगेका छन् । कोहलीले अक्टोबर २३ मा मेलबर्नमा शानदार इनिङ खेलेका थिए । ३३ वर्षीय ब्याट्सम्यानले आफ्नो इनिङ्समा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान शीर्ष स्थानमा कायमै छन् भने न्युजिल्यान्डका डेभोन कोनवे तीन स्थान उक्लेर दोस्रो स्थानमा छन् । कोनवेले अस्ट्रेलियाविरुद्ध ५८ बलमा ९२ रनको धमाकेदार इनिङ्स खेलेका थिए । भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा छन् ।

भारतीय बलरको कुरा गर्ने हो भने भुवनेश्वर कुमार पनि शीर्ष १० मा पर्न सफल भएका छन् । पछिल्लो वरियतामा उनी दुई स्थान सुधार भएका छन् । बलरको वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com