२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

विश्व इतिहासमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला

विश्व इतिहासमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला

एजेन्सी । आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटना :

अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति

सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

दुई मेट्रो स्टेशनमा आगलागी

सन् १९९५ मा अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगलागी भएको थियो । सो आगलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ । पुरानो वायरिङ प्रणालीका कारण भएको आगलागीका कारण रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो ।

जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला

जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो ।

हंगेरीको स्वतन्त्रता

सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो । मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो । पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो । उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए ।

अमेरिकामा मदिरामा प्रतिबन्ध

सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । भोस्टिड एक्ट नामक सो कानून अनुसार औषधी र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैरकानून घोषित गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com