२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

महजोडीको ‘महापुरुष’ आजबाट हलमा, बिहानैदेखि हाउसफुल

महजोडीको ‘महापुरुष’ आजबाट हलमा, बिहानैदेखि हाउसफुल

काठमाडौँ । आजबाट प्रदर्शन थालेको हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अभीनित ‘महापुरुष’ले बिहानी सोदेखि नै दर्शकको साथ पाएको छ । यो साल ‘कबड्डी ४’ र ‘प्रेमगीत ३’पछि बिहानी सोमै हाउसफुल दर्शक पाउने ‘महापुरुष’ तेस्रो फिल्म बनेको छ । यसअघि ‘झिँगेदाउ ३’, र ‘दुई नम्बरी’ले पनि राम्रो व्यापार गरे पनि दुवै फिल्मको व्यापार मध्यान्नदेखि उकालो लागेको थियो ।

समाजले महापुरुष मानेको व्यक्ति आफ्नो सुखको खोजीमा निस्कँदा भोग्नुपर्ने संघर्षको कथामा बनेको फिल्मको केन्द्रमा हरिवंश आचार्य छन् । उनले दुई सन्तानको विधुर पिताको भूमिका निर्वाह गरेका छन् ।

केही दिनअगाडि नै प्रिमियर भएको फिल्मले प्रिमियरमा उपस्थित दर्शकबाट तारिफ पाएको थियो । दर्शकले कलाकारको अभिनयसँगै गम्भीर कथालाई लेखक÷निर्देशक प्रदीप भट्टराईले रोचक शैलीमा वाचन गरेको प्रतिक्रिया दिएका थिए । यो फिल्मले तीन दिनको बिदा भेट्दैछ । शुक्रबार बिदाको समय पारेर रिलिज भएको फिल्मले आइतबार छठको बिदासम्म भेट्दैछ । यसले फिल्मको ग्रस कलेक्सनमा फाइदा पुग्ने देखिन्छ ।

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, सिरु विष्ट आदि कलाकार अटाएका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । भट्टराईले यसअघि ‘जात्रा’का दुई भाग र ‘शत्रु गते’ निर्देशन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com