२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

११ कात्तिक, काठमाडौं । लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ ।

कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।

त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ ।

चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भनेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com