२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भारतीयले गरेको विस्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर बालकको मृत्यु

भारतीयले गरेको विस्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर बालकको मृत्यु

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका-२ तम्बाकुमा एक बालकको भारतीयले गरेको विष्फोटका कारण मृत्यु भएको छ ।

भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरन सिह बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए ।

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाउन विष्फोट गराउँदा घटना घटेको बताइएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिएको छ । घटना के कति कारणले घटेको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com