२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

प्रतिनिधिसभा र प्रदेशसभाका १४ सिटमा ​भत्कियो गठबन्धन

 

काठमाडौँ–सत्तारूढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभाका १४ सिटमा सहमति कायम गर्न नसकेर आपसमा प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै ५ ठाउँमा भने अझै छलफल चलिरहेको छ ।

एउटै क्षेत्रबाट दुई दलका उम्मेदवारले उम्मेदवारी दिएपछि सत्तारूढ दलले प्रतिनिधिसभा र प्रदेशसभाका १४ सिटका लागि मित्रवत प्रतिस्पर्धा गर्ने भएको हो । प्रतिनिधि सभाका लागि धनुष –२ मा कांग्रेस र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । सर्लाही–१ मा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै काठमाडौँ–१० मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने भएको हो ।

यस्तै प्रदेशसभा तर्फ सर्लाही १ को क, महोत्तरी २ को ख, बारा १ को ख, पर्सा ३ को ख, काठमाडौँ ३ को ख, काठमाडौँ ५ को ख, काठमाडौँ १० को क, काठमाडौँ ६ को ख, बाँके २ को क, बाँके २ को ख, कन्चनपुर २ को ख र कन्चनपुर ३ को क मा सत्तारुढ दलबीच प्रतिस्पर्धा हुने भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com