२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

घटेको सेयर बजार : एक वर्षअघि सबैभन्दा महँगो सेयर अहिले कतिमा पाइन्छ ?

अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत वर्षको कारोबारबाट भएको नाफाको प्रतिफल वितरण गर्ने गृहकार्यमा छन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । सोही कारण कम्पनीहरु वार्षिक साधारणसभा गरेर गत आर्थिक वर्षसम्ममा जम्मा भएको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम वितरण गर्ने गृहकार्यमा छन् ।

नाफा भित्र्याउने मौसम सुरु भएपनि सेयर बजारमा खासै रौनक देखिदैन । अहिले सेयर कारोबार रकम र कम्पनीको सेयरको मूल्य पनि निकै घटेको छ । यस्तै, बजार मापन गर्ने सूचक नेप्से इन्डेक्स पनि करिब ३२ सयको विन्दुबाट घटेर १८ सयको हाराहारीमा घुमिरहेको छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि कर्जा प्रवाह रोकिएको तथा पछिल्लो समय कर्जाको व्याज बढेर १८ प्रतिशतको हाराहारीमा पुगेपछि सेयर बजारमा मन्दी देखिएको छ । सेयर बजारबाट लगानीकर्ताले चालू आर्थिक वर्ष औसतमा १२ प्रतिशतको हाराहारीमा प्रतिफल पाउन सक्ने देखिएको छ । तर, व्याजदर भने १८ प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।

यसैकारण पनि लगानीकर्तामा निराशा र बजारमा मन्दी देखिएको हो । एक वर्षको अवधिमा सबैभन्दा महंगो मूल्य कायम भएका कम्पनीको सेयर अहिले सो उच्चतम मूल्यको आधा मूल्यमा नै दोस्रो बजारमा उपलब्ध छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com