२०७९ माघ २० - Fri Feb, 2023 -

Janasewa News

युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नुसरह हो : केकी अधिकारी

युरोपियन फिल्म हेर्नु भनेको सस्तोमा युरोप घुम्नुसरह हो : केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् ।

उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रूपमा लिएको बताएकी हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा शुक्रवारबाट सुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ ।

केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताउँछिन् ।

‘म आफैँ पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु । त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूर्वक लिएकी छु । महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपियन फिल्महरू देखाइँदैछन् । म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु,’ उनले भनिन् ।

केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छिन् जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ । केकीले नेपाल युरोपियन फिल्म फेस्टिभलमा युरोपियनसँगै नेपाली फिल्म पनि देखाइने भएकाले नेपाली फिल्म पनि युरोपियन दर्शकसम्म पुगिरहेको बताइन् ।

‘महोत्सवमा नेपाली फिल्म पनि देखाइँदैछन् जुन युरोपका दर्शकले पनि हेर्नुहुँदै छ । यसले नेपाली कला संस्कृति त उता पुग्छ नै कालान्तरमा यसले सहकार्यको ढोका पनि खोल्न सक्छ’, केकीको भनाइ छ ।

केकीले युरोपका फिल्म नेपालमा देखाए जस्तै नेपाली फिल्म पनि विश्वका विभिन्न देशमा देखाउन पहल गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् ।

उनले भनिन्, ‘व्यक्तिगत रूपमा फिल्मकर्मीले आआफ्नो हिसाबले विश्वका फिल्म महोत्सवमा फिल्ममार्फत देशको प्रतिनिधित्व गरिरहनु भएको छ । तर यसलाई संगठित रूपमा सरकारले पनि अगाडि बढाउन जरुरी छ । यसले नेपाली फिल्म र फिल्मकर्मीका लागि थप अवसरको ढोका खोल्न सक्छ ।’

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुनेछ । महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । फिल्म फेस्टिभलको यो संस्करण काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ ।

सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने ३ नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ गते सुरु भएर २२ गते सकिनेछ ।

अभिनेत्री केकी अधिकारीले युरोपियन फिल्म हेर्नु सस्तोमा युरोप घुम्नु सरह भएको बताएकी छिन् । नेपाल युरोपियन फिल्म फेस्टिभलको सद्भावना दूत रहेकी केकीले फिल्म महोत्सव संसारका फिल्म मेकिङको कौशल जान्ने सुवर्ण अवसर भएको बताउँदै नेपाल युरोपियन फिल्म फेस्टिभलले दर्शक तथा फिल्मकर्मीलाई त्यो मौका उपलब्ध गराउने बताइन् ।

उनले फिल्म हेरिरहँदा युरोपका ठाउँसँगै युरोपको कला संस्कृतिसँग पनि साक्षात्कार हुने अवसर पाइने भएकाले आफूले यसलाई विना पैसा वा सस्तोमा युरोप घुम्ने मौकाका रूपमा लिएको बताएकी हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण काठमाडौँमा शुक्रवारबाट सुरु भइरहेको छ । अनलाइन र भौतिक गरी मिश्रित माध्यमबाट सञ्चालन हुने फेस्टिभल यो पटक काठमाडौँ र सुर्खेत गरी दुई ठाउँमा सञ्चालन हुनेछ ।

केकीले आफू अभिनेत्रीसँगै फिल्म निर्माणमा पनि सक्रिय रहेकाले युरोपियन फिल्म फेस्टिभलमा देखाइने फिल्म हेर्न उत्साहित रहेको बताउँछिन् ।

‘म आफैँ पनि व्यावसायिकसँगै महोत्सव केन्द्रित फिल्म बनाइरहेकी छु । त्यसैले पनि यो महोत्सवलाई मैले उत्सुकतापूर्वक लिएकी छु । महोत्सवमा १३ वटा प्रतिष्ठित अवार्ड प्राप्त युरोपियन फिल्महरू देखाइँदैछन् । म सुटिङ वा यसको तयारीबाट फुर्सद मिलाएर पनि सबै फिल्म हेर्ने योजनामा छु,’ उनले भनिन् ।

केकीले केही दिनअघि मात्र ‘प्रसाद २’ साइन गरेकी छिन् जसको सुटिङ मंसिरको पहिलो साता हुँदैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com