२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

साइकल लेन बनाउन बजेटको अभाव हुन दिँदैनौँ : गृहमन्त्री खाण

साइकल लेन बनाउन बजेटको अभाव हुन दिँदैनौँ : गृहमन्त्री खाण

जनसेवा न्युज डटकम संवाददाता

गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् । रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाणले हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने बताए ।

साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर बढ्दो वायु प्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लिङलाई सबैले सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्छ ।’

गृहमन्त्री खाणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कञ्जुस्याइँ नगर्ने जनाए ।

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) चार दिने साइकल यात्रा’ को सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिए ।

उनका अनुसार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ । यात्रामा १६ जना साइकल यात्री सहभागी रहेका छन् ।न्युज कारखाना

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com