२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

कांग्रेसको एकीकृत सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म

कांग्रेसको एकीकृत सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म

नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुने उल्लेख गरेको छ । कांग्रेसले सस्तो लोकप्रियताका लागि सामाजिक सुरक्षाका खुद्रे वितरणमुखी कार्यक्रममा होइन, प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणा ल्याएको छ ।

कोखदेखि शोकसम्मको एकीकृत सामाजिक सुरक्षा अवधारणामा निम्न मान्यता रहेको छ :

१. लोकतान्त्रिक समाजमा हरेक नागरिक आत्मसम्मानका साथ बाँच्न पाउनु पर्दछ । जन्मदेखि मृत्युसम्मको जीवनचक्रमा केही निश्चित कालखण्डहरू बढी जोखिमपूर्ण हुन्छन्, जति बेला नागरिकको भरथेग गरिदिनु राज्यको दायित्व हो

२. जिम्मेवार राज्यले सामर्थ्य र आवश्यकतालाई सन्तुलनमा राख्नु पर्दछ । अल्पकालीन राजनीतिक लाभका लागि राज्यको ढुकुटी रित्याउने गरी जथाभाबी वितरणमुखी कार्यक्रम ल्याउनु हुँदैन । तर मुलुकको राजस्व, नागरिकको योगदान, संस्थागत कोषहरू र नवीन वित्तीय उपकरणहरूले धान्न सम्भव भएसम्म राज्य जनताप्रति जिम्मेवार र सहयोगी बन्नु पर्दछ ।

३. वृहत् पुनर्वितरण र सामाजिक बिमा समेटिने एकीकृत सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी यसको उद्देश्य हासिल गर्न विशेष पहल गरिने छ । यसलाई दुरुपयोग हुन नदिन तथा यसलाई अझै नागरिकमैत्री बनाउन सरकारले उत्प्रेरकको भूमिका निर्वाह गर्दै थप सहजीकरण र सरलीकरण गर्नुपर्छ ।

नेपाली कांग्रेसको सरकारले आगामी पाँच वर्षमा राष्ट्रिय परिचय स्मार्ट कार्डका माध्यमबाट कोखदेखि शोकसम्मका निम्न कार्यक्रमहरूको एकीकृत सामाजिक सुरक्षा प्याकेज लागु गर्नेछ । वार्षिक संघीय बजेटमा सामाजिक सुरक्षाका सबै कार्यक्रमहरूको अंश १० प्रतिशत भन्दा कम हुनेछैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com