२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेस घोषणा पत्रमा मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बाटो बनाइने

कांग्रेस घोषणा पत्रमा मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बाटो बनाइने

काठमाडौँ– नेपाली कांग्रेसले पूर्व-पश्चिम लोकमार्ग र मुग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बनाउने घाेषणा गरेकाे छ । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि कांग्रेसले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै साे घाेषणा गरेकाे हाे ।

आज कांग्रेस मुख्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीले घोषणा पत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा यातायात तथा सडक विकासका कार्यक्रम समेटिएको बताए ।

‘निजगढ-काठमाडौँ द्रुतमार्ग सञ्चालन भई सक्ने छ,’ घोषणा पत्रमा भनिएको छ, ‘त्यस्तै हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गलाई सम्पन्न गरिएको हुने छ भने मनाङदेखि मुस्ताङ हुँदै जुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गर्ने छौँ । उत्तरदक्षिण मार्गहरू (मेची करिडोर, कोसी करिडोर, सगरमाथा करिडोर, तमोर करिडोर, कालीगण्डकी करिडोर, भेरी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर) सम्पन्न हुने छन् । बीपी लोकमार्ग, अत्तरियादेखि तिंकर जोड्ने, खोड्पेदेखि बझाङ जोड्ने मार्गहरू स्तरोन्नति गरिने छन् । काठमाडौँको चक्रपथ विस्तार सम्पन्न भइसक्ने छ । डुम्रे-बेशीशहर–मनाङ सडक कम्तिमा दुई लेनको बन्ने छ ।’

उच्च प्राथमिकताका साथ टोखा–छहरे सुरुङ मार्ग पाँच वर्षभित्र सम्पन्न हुने उद्देश्यका साथ कार्य अगाडि बढाइएकाे पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएकाे छ ।

‘यसैगरी नागढुङ्गा-सिस्नेरी, सिद्धबाबा तथा काठमाडौं-निजगढ सडकखण्डका सुरुङ निर्माण सम्पन्न हुने छन् । दुम्किबास ( बर्दघाट, माझिमटार-शक्तिखोर, खुर्कोट-चियाबारी, ब्याउलिढुङगा-इमिल्चाखोला, सुर्खेत-रानीघाट-भुरिगाउँ लगायतका सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा गरी निर्माण सुरु गरिने छ,’ प्रतिबद्धतापत्र अगाडि भनिएकाे छ, ‘त्यसै गरी त्रिभुवन विमानस्थलको स्तरोन्नति गरिने छ भने लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल सञ्चालनमा ल्याइने छ । रेल मार्गलाई पूर्वी तराईका भिट्टामोड-जलेश्वर-जनकपुर खण्ड, कुर्था-जनकपुर-बर्दिबास खण्ड तथा बिराटनगर खण्डमा सम्पन्न गरिने छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com