२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे ।

सत्तारूढ गठबन्धनको साथ लिएर रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए । त्यस क्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुस्साहस गरेको जिकिर समेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com