२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

फिलिपिन्समा आँधी : ४८ जनाको मृत्यु, जनजीवन प्रभावित

फिलिपिन्समा आँधी : ४८ जनाको मृत्यु, जनजीवन प्रभावित

एजेन्सी
फिलिपिन्सको राजधानी मनिला र आसपासका क्षेत्रमा आइतबार आएको बाढीमा फसेकाहरूको उद्धार प्रयासलाई तीव्र गतिमा अघि बढाइएको छ । मनिलाको मुख्य टापु लुजोनमा रातभरको आँधीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै मनिला र वरपरका केही बस्ती पानीमा डुबेका थिए ।

आँधीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय विपद् निकायले जनाएको छ । दैवी विपत्तिमा परेर अधिकांशको मृत्यु दक्षिणी टापु मिन्डानाओका गाउँमा भएको हो । मनिलाको पारानाक उपनगरमा उद्धारकर्ताहरूले शनिबार रातभर पौडी खेलेर एक भवनको माथिल्लो तलामा थुनिएका बालबालिकासहित ६० जनालाई सुरक्षितस्थलमा पु¥याएका थिए । गाउँका प्रमुख नोएल जाप्लोसले एक पार्टीमा सहभागी हुने क्रममा भेला भएका उनीहरू बाढीको पानी बढेपछि आत्तिएर चिच्याइरहेका थिए र रोइरहेका पाएपछि उनीहरूको उद्धार गरिएको बताए ।

उद्धार टोलीले खिचेको भिडियोमा ‘लाइफ भेस्ट’ लगाएका आपतकालीन उद्धारकर्मीले डोरीको सहायताले उनीहरूलाई भवनबाट बाहिर निकालेको र बालबालिकालाई तैरिरहेको अवस्थामा राखिएको देखिएको छ । गत मङ्लगलबार ‘अल सेन्ट्स डे’ को छुट्टीको लागि गएका दशौं हजार फिलिपिनीहरू डुबानका कारण फसेका थिए । नागरिक सुरक्षा कार्यालयका अनुसार उक्त क्षेत्रमा २२ जना हराइरहेका छन् भने ४० जना घाइते भएका छन् । बाढीले पुल, सडक र बाली नष्ट भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com