२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

निर्वाचन आयोगको निर्णयविरुद्ध उम्मेदवार डा.तोसिमा कार्कीले गरे सर्वोच्च अदालतमा रिट दर्ता

निर्वाचन आयोगको निर्णयविरुद्ध उम्मेदवार डा.तोसिमा कार्कीले गरे सर्वोच्च अदालतमा रिट दर्ता

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा।तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलार्य निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी थिइन् ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।

यसअघि रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटमा एक न्यायाधीशको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशको निरन्तरता दिन अस्वीकार गरेको थियो । यद्यपि राजु गुरुङ र तोसिमा कार्कीको मुद्दाको प्रकृति फरक छ । रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएवापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com