२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

इजरायलमा चार वर्षमा पाँचौँ पटक निर्वाचन, सर्वेक्षणले देखाए नेतन्याहुको कमव्याक

इजरायलमा चार वर्षमा पाँचौँ पटक निर्वाचन, सर्वेक्षणले देखाए नेतन्याहुको कमव्याक

एजेन्सी
इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहु मंगलबारको निर्वाचनपछि सत्तामा फर्किने मत सर्वेक्षणहरुले देखाएका छन् । मंगलबारको चुनावपछि उनको दक्षिणपन्थी गुट संकीर्ण बहुमत तर्फ अग्रसर भएको सर्वेक्षणहरुले देखाएका हुन् ।

देशको सबैभन्दा लामो समय सेवा गर्ने पूर्वप्रधानमन्त्रीको पार्टीले १२० सिट भएको केन्सेट (संसद) मा कम्तीमा ६१ वा ६२ सिट जित्ने सर्वेक्षणले देखाएका छन् । तथापि, चुनावको वास्तविक नतिजा प्रारम्भिक एक्जिट पोल भन्दा फरक हुन सक्छ ।

यसैबीच, वर्तमान प्रधानमन्त्री यायर लापिडको येश अतिद पार्टीले कम्तीमा २४ सिट जित्ने अनुमान गरिएको छ । अर्कोतर्फ, इटामार बेन–गभिरको नेतृत्वमा रहेको धार्मिक जियोनिस्ट पार्टीले कम्तीमा १४ सिट जितेर तेस्रो ठूलो पार्टी बन्ने तयारी गरेको छ ।

चार वर्षभन्दा कम अवधिमा यो देशको पाँचौं निर्वाचन हो जसले धेरै मतदाताहरूलाई आक्रोशित बनाएको छ, तर रिपोर्टहरूले यसले सन् १९९९ पछिको सबैभन्दा बढी मतदाताको सहभागितालाई असर नगरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com