२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण

निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाण

बुटवल – गृहमन्त्री बालकृष्ण खाणले असन्तुष्ट समूहहरूलाई मुलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । उनले मुलधारमा आउनेहरूका लागि सहज वातावरण बनाउन आफू लागि परेको बताए । बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट परे ।

कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन उनले आग्रहग गरे । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुष्ट दलहरूसँग सम्वाद र छलफल गरिरहेका छौँ । उनले भने, ‘कतिपय मागहरू ऐन संसोधनविना सम्बोधन गर्न सकिँदैन ।’ उनले निर्वाचनमा सहभागी नभएको विप्लव नेतृत्वको नेकपा तथा नेकपाको बहुमत समूह लगायतलाई संकेत गरेका थिए ।

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर  बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेताजिताउने र उनीहरूको माध्ययमबाट प्राप्तअधिकार संरक्षण गर्ने, विकासको ढोकाखोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने , ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरूलाई आग्रह समेत गरे । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसँग मतदानस्थलसम्मपुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’

गृहमन्त्रालय र आन्तरीकमामिला, कानुन तथा संचामन्त्रालयलुम्बिनीप्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी छन् । उनीहरूले सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला कानुन तथा संचार मन्त्री तिलकराम शर्माले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com