२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

रहिनन् बाटो काट्न लाग्दा सिंहदरबारमा मोटरसाइकलले ठक्कर दिएकी परराष्ट्रकी अधिकृत सुब्बा

रहिनन् बाटो काट्न लाग्दा सिंहदरबारमा मोटरसाइकलले ठक्कर दिएकी परराष्ट्रकी अधिकृत सुब्बा

जनसेवा न्युज डटकम वाददाता

परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३(०२(००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

‘उपचारको लागि उहाँलाई काठमाडौं मोडल अस्पताल लगिएको थियो। तर बचाउन सकिएन,’ परराष्ट्रकी प्रवक्ता सहसचिव सेवा लम्सालले सेतोपाटीसँग भनिन्।

२०६९ मा सेवा प्रवेश गरेकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत थिइन्। सो महाशाखाकी प्रमुख प्रवक्ता लम्साल हुन्।

‘उहाँ एकदमै होनाहार अधिकृत हुनुहुन्थ्यो,’ लम्सालले भनिन्,‘दुर्घटनामा उहाँलाई गुमायौं।’

सुब्बालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक पनि घाइते छन्।

सुब्बाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। झापा धुलाबारीकी सुब्बाका श्रीमान र एक छोरा छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com