२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा खड्कालाई रथीको दर्ज्यानी चिह्न प्रदान
जनसेवा न्युज डटकम संवाददाता

प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए ।

शुक्रबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका खड्का बलाध्यक्षमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथीमा विजय थापा र आश बहादुर तामाङ्गलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । थापा सुदूरपश्चिम पृतना हेडक्वार्टरको पृतनापति र तामाङ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन् । उक्त दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com