२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गुल्मी क्षेत्र नं. २ मा मेरो प्रतिस्पर्धी कोही छैन : गोकर्ण विष्ट

गुल्मी क्षेत्र नं. २ मा मेरो प्रतिस्पर्धी कोही छैन : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गरेका छन् ।

शुक्रबार बुटवलमा पत्रकारहरूसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झाँक्री आफ्नो प्रतिस्पर्धी नभएको दाबी गरेका हुन् ।

गुल्मी क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका नेता विष्टले चुनाव जितेपछि गाउँ नै नफर्किने पात्रलाई जनताले राम्ररी चिनेको बताउँदै आफ्नो जीत सुनिश्चित भएको तर्क गरे । उनले चुनावपछि एकीकृत समाजवादीको राजनीतिक भविष्य सकिने बताउँदै नेकपा एमालेको लोकप्रियता बढेकाले एमालेको बहुमत आउने ठोकुवा गरे ।

उनले देश विकास,सम्बृद्धि, गरिबी, बेरोजगारी हटाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न सचिव विष्टले मतदातालाई आग्रह गरे । नेता विष्टले एमालेको पालामा गरेका विकास निर्माणका कामहरूलाई गलत प्रचारप्रसार गरेर विपक्ष दलहरूले जस लिन खोजेकोमा खेद प्रकट गर्दै १० हजार बजेट कही हालेको प्रमाण नभएकाले सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग आफूलाई तुलना गर्न नहुने बताए ।

सचिव विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरू पूर्ण कार्यान्वयनमा आउने जानकारी दिँदै आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com