२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

यसरी हुँदैछ प्रदीप पौडेलको घरदैलो अभियान

यसरी हुँदैछ प्रदीप पौडेलको घरदैलो अभियान

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।  सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले शुक्रबार बूढानिलकण्ठ मन्दिरको पनि दर्शन गर्दै बुढानिलकण्ठ  क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

सोे अवसरमा नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा रहेका पौडेलले घरदैलो कार्यक्रमका क्रममा जनतालाई  संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र काठमाडौं ५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने  बताए।  २०७४ सालमा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा जम्मा ५ मतले पराजित प्रदीप युवा नेताको परिचय बनाउँदै फेरि ५ वर्षपछि काठमाडौँ–५ बाट एमालेका पोखरेलसँग चुनावी भिडन्तमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com