२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

इंग्ल्याण्डका लागि आज ‘गर या मर’

इंग्ल्याण्डका लागि आज ‘गर या मर’

पुरुष टी२० विश्वकपमा आज गर या मरको खेल हुँदैछ । समूह १ को अन्तिम खेलमा इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ । आजको खेल जित्न नसके इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ ।
श्रीलङ्कालाई भने यो खेलबाट कुनै फरक पर्दैन। किनभने टोली सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ । श्रीलङ्काले ४ खेलमध्ये २ जित र २ मा हार बेहोरेको छ । यदि टोलीले आजको खेल जित्यो भने पनि उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन । उता, इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा हार बेहोरेको छ । यदि टोलीले खेल जित्यो भने उसको अस्ट्रेलियासँग समान ७ अङ्क हुनेछ । उच्च नेट रन रेटका कारण अस्ट्रेलियाको सट्टा इंग्ल्याण्ड दोस्रो स्थानमा आउनेछ ।

श्रीलङ्का समूह १ मा आफ्नो सम्पूर्ण खेल खेलेको एक मात्र टोली हो। टोलीको एउटै खेल पनि वर्षाले रद्द भएन । चार खेल खेले पनि श्रीलङ्काले त्यसको खासै सदुपयोग गर्न सकेन । श्रीलङ्काले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई जितेको थियो तर त्यसपछि न्युजिल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो । श्रीलङ्काका स्टार खेलाडी वानिन्दु हसरंगा र धनञ्जय डी सिल्भाले अन्तिम खेलमा अफगानिस्तानविरुद्धको खेलमा टोलीलाई जित दिलाएका थिए । अफगानिस्तानमाथि ६ विकेटले जित हासिल गरे पनि सेमिफाइनल पुग्ने उनको आशा समाप्त भएको छ ।

अस्ट्रेलिया र न्यूजिल्याण्डको अहिलेसम्म ७ अङ्क छ भने इंग्ल्याण्डको ५ अङ्क छ । इंग्ल्याण्डको नेट रन रेट न्यूजिल्याण्डभन्दा कम छ तर अस्ट्रेलिया भन्दा राम्रो छ। यस्तो अवस्थामा इंग्ल्याण्डले श्रीलङ्कालाई हराएमा उसको सेमिफाइनलको टिकट पक्का हुन्छ ।

पहिलो खेलमा नै इङ्ल्यान्ड आयरल्याण्डसँग पराजित भएको थियो । तर, न्युजिल्यान्डविरुद्ध जित निकाल्दै इंग्ल्याण्डले विश्वकपमा आफ्नो दाबी फेरि बलियो बनायो । टोलीसँग जोस बटलर जस्ता पावर हिटरहरू र डेभिड मलान जस्ता खेलाडीहरू छन् जसले आफ्नो ब्याटिङले खेलको दिशा बदल्न सक्छन्। अर्कोतर्फ, साम करन र मार्क वुडले आफ्नो बलिङले विपक्षी टोलीलाई समस्यामा पार्न सक्छन्।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com