२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए ।

सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भए । जिल्लाको नेतृत्व पनि संस्थापनको पक्षमा गयो ।

सुर्खेत २ बाट थानीले टिकट पाउनेरनपाउने अन्योल रह्यो । उपसभापति खड्का प्रत्यक्ष चुनाव लड्ने भएपछि दुई गुटको सन्तुलन मिलाउँदा थानीले टिकट पाए ।

बुधबार बिहान सकिएको मत गणनामा थानीले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गरे । थानीले ३४ हजार ६२५ मत पाउँदा एमालेका बीसीले भने २९ हजार ५५८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com