शालिकराम जमकट्टेल जितको नजिक

शालिकराम जमकट्टेल जितको नजिक
धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा जितको नजिक पुगेका छन् ।
सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकाको मत गणना गरि सक्दा उनी प्रतिपर्धी नेकपा एमालेका गजेन्द्र थपलिया भन्दा ३,५९२ मतातरले अगाडी देखिँदा जितको नजिक पुगेका हुन् ।
अहिले गणना सुरुभएको बेनीघाट रोराङ जमकट्टेलको पकड क्षेत्रको रुपमा रहेकोले पनि शालिकराम जमकट्टेल फराकिलो मतान्तरमा जितको जनिक पुगेको मतगणना स्थलबाट उपेन्द्र जमकट्टेलले धादिङपोष्टलाई बताए ।
यस्तो छ सिद्धलेक र गजुरीको गणना सकिँदाको मत परिणाम
धादिङ क्षेत्र नं १ प्रदेश २
जम्मा मत गणना २२,८४० (गजुरी र सिद्धलेक गाउँपालिकाको गणना सम्पन्न)
शालिकराम जम्कटेल (हसिया हथौडा) ११,९४८
गजेन्द्र थपलिया (सुर्य) ८३५६
अन्तर ३,५९२