२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

स्याङ्जा २ मा मतगणना कि मतदान ? निर्वाचन आयुक्तहरुकै बाझियो मत

स्याङ्जा २ मा मतगणना कि मतदान ? निर्वाचन आयुक्तहरुकै बाझियो मत

११ मंसिर, काठमाडौं । स्याङजा–२ को निर्वाचन विवादवारे अध्ययन गर्न स्थलगत टोली पठाउने कि नपठाउने भन्नेवारेमा निर्वाचन आयोगका पदाधिकारीहरुविच फरक मत देखिएको छ ।

गत बिहीबारको आयोगको बैठकमा सबै पदाधिकारीहरुको रायमा फरक मत राख्दै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले प्रक्रियासम्मत रुपमा नै कामकारबाही भएकाले स्थलगत टोली पठाउन आवश्यक नभएको भनी राय दिएका हुन् ।

‘चारजना आयुक्तले स्थलगत रुपमा टोली पठाएर प्रतिवेदन दिनुपर्छ भनी राय दिनुभयो, आयुक्त पौड्यालले सबै कामकारबाही प्रक्रियासम्मत रुपमा भएकाले टोली जान आवश्यक छैन भनी फरक मत राख्नुभएको हो’ आयोगस्रोतले भन्यो, ‘चारजना आयुक्तहरुको बहुमतको निर्णय कार्यान्वयन हुने भएकाले स्थलगत अध्ययन गर्न आयोगले टोली पठाइसकेको छ ।’

स्याङजा–२ मा कतिपय मतदानस्थलमा एमालेले बुथ क्याप्चर गरेको भनी कांग्रेसले उजुरी दिएको छ भने कांग्रेसले बुथ क्याप्चर गरेको भनी एमालेले पनि उजुरी दिएको छ । त्यो सूचना आयोगमा आएपछि आयोगले आन्तरिक रुपमा अध्ययन गरेको थियो । थप अध्ययनका लागि टोली पठाउने कि नपठाउने भन्नेवारेमा फरक मत देखिएको हो ।

आयुक्त पौड्यालले भने मतदान अधिकृतले कुनै हुलहुज्जत भएको सूचना नदिएको, प्रक्रियासम्मत रुपमा नै निर्वाचन अधिकृतलाई मतपेटिका बुझाएकाले थप छानबिन आवश्यक नभएको राय दिएका हुन् । साथै मतपेटिका बुझाउने क्रममा कांग्रेस र एमालेका प्रतिनिधिको रोहबरमा मुचुल्का गरी प्रतिनिधिहरुले सहीछाप गरेकाले थप छानबिन आवश्यक नभएको उनको जिकिर थियो ।

आयोगबाट बहुमतको निर्णयका आधारमा पठाएको टोलीले स्याङजा–२ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सरोकारवालाहरुसँग छलफल गर्नेछ । त्यसवारे प्रतिवेदन पेश नभएकाले फेरि मतदान गर्ने वा मतगणना गर्ने भन्नेवारे टुंगो लागेको छैन ।

बाजुराका वारेमा पनि स्थलगत टोलीले अध्ययन गरेको र प्रतिवेदन पेश नभएको आयोगस्रोतले बतायो । स्रोतले भन्यो, ‘सम्भवतः सोमबार वा मंगलबार बाजुरा र स्याङजाका बारेमा निर्णय हुनेछ ।’ विवादमा परेका दोलखाका १० वटा मतदान केन्द्रमा भने आयोगले फेरि निर्वाचन गराउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com