२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथलीको बागमती किनारमा तनाव

सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथलीको बागमती किनारमा तनाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव सिर्जना भएको छ ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर सुकुम्बासी बस्ती हटाउन खोजेपछि नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शन उत्रिएपछि तनावग्रस्त बनेको हो ।

हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत बोकेर उत्रिएका स्थानीय प्रदर्शनकारीले आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह ९बालेन्द्र० विरुद्ध चर्को नारावबाजीसमेत गरेका छन् ।

आफूहरुलाई हटाउन वैकल्पिक व्यवस्थाविनै ठाउँ छाड्न भनिएपछि स्थानीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । सुकुम्वासीहरूको ढुंगामुढाबाट महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

स्थानीयले अहिले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिने भन्दै हातमा लाठी, ढुङ्गा घरेलु हतियारसहित तयारी अवस्थामा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com