२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कर्णालीमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको एमाले समानुपातिकमा पहिलो

कर्णालीमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको एमाले समानुपातिकमा पहिलो

कर्णाली प्रदेशमा प्रत्यक्ष मा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार ९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।

त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार ८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टी ८ हजार ९९३ ,नेकपा माले ३ हजार ९९ भोट ,  नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट , राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट , हाम्रो नेपाली पार्टी १ हजार ६६२,  जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६ , मंगोल नेशनल अर्गनाइजेशन ५७४ , नेपाली कांग्रेस (बीपी)५३८ , विवेकशील साझा पार्टी ४८९ ,जनसमाजवादी पार्टी, नेपाल ४४५ ,नेपाली जनता दल ४२३  भोट रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com